ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

वीर अस्पतालमा ‘नेशनल टेलिकन्सल्टेसन सेन्टर’ शुरू

२०७८ मंसिर, १७  
समाचार
NA

काठमाडौं । कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)मा बिहीवारदेखि कोभिड–१९ का बिरामीलाई लक्षित गरी ‘नेशनल टेलिकन्सल्टेसन सेन्टर’ शुरू गरिएको छ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको कन्सल्टेसन सेन्टर वीर अस्पतालबाट सञ्चालन गरिएको हो । विश्वस्वास्थ्य संगठनको प्राविधिक सहयोगमा कन्सल्टेसन सेन्टर शुरू गरिएको हो ।     

अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकृत डा. भूपेन्द्रकुमार बस्नेतले कोभिड–१९ का बिरामीलाई फोनबाट नै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले कन्सल्टेसन सेन्टर शुरू गरिएको बताए । कोभिड–१९ सम्बन्धी समस्या र जिज्ञासा सुनेर फोनबाटै परामर्श गर्न कन्सल्टेसन सेन्टर शुरू गरिएको जानकारी उनले दिए । सेन्टरबाट स्वास्थ्य सेवा लिन ११३३ मा फोन गर्नुपर्ने हुन्छ ।     

सेन्टरमा आएका समस्यालाई चिकित्सकले फोनबाट समाधान गर्नुका साथै बिरामीको मोबाइल नम्बरमा समस्याको उपाय लेखेर समेत पठाउनेछन् । चिकित्सकले बिरामीलाई कस्तो समस्या रहेको छ सोहीअनुसार अस्पताल जान वा घरमै बसेर उपचार गर्न सल्लाह दिन्छन् । कन्सल्टेसन सेन्टरमा २४ घण्टा सञ्चालन हुनेछ । तीन सिफ्टमा सञ्चालन हुने कन्सल्टेसन सेन्टरमा अहिले एक सिफ्टमा एकजना चिकित्सक र दुईजना पारामेडिसिन छन् । कन्सल्टेसन सेन्टरमा अहिले एकैपटकमा तीनजना व्यक्तिले फोन गरी सेवा लिन सक्नेछन् ।     

कन्सल्टेसन सेन्टर शुभारम्भ समारोहमा विश्वस्वास्थ्य संगठन नेपालमा प्रमुख राजेश पाण्डवले अस्पताल आउन नसक्ने बिरामीलाई कन्सल्टेसन सेन्टरले सहयोग पु¥याउने बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement