ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

अत्याधुनिक प्रविधियुक्त शीतगृह निर्माण शुरू

२०७८ मंसिर, १७  
प्रदेश ०५
NA

नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकाले स्थानीय स्तरमा उत्पादित तरकारी तथा फलफूललाई राष्ट्रिय एवं अन्तरराष्ट्रिय बजारमा पु¥याउन र त्यसको दिगो व्यवस्थापनका लागि शीतगृह निर्माण गर्ने भएको छ । गाउँपालिकाको सबैभन्दा ठूलो दोस्रो योजनाको रूपमा रहेको शीतगृहको निर्माण डुडुवा–६ हिरिमिनियामा शुरू भएको हो । सात सय मेट्रिक टन क्षमताको अत्याधुनिक उक्त शीतगृह भवनको बुधवार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गरे ।

करिब १३ कठ्ठा जग्गामा ६ करोड ७ लाख  रुपैयाँ लागतमा निर्माण हुने शीतगृह अत्याधुनिक प्रविधिको हुनेछ । ‘हामीले सात सय मेट्रिक टन क्षमताको शीतभण्डारण निर्माण शुरू गरिसकेका छौं,’ गाउँपालिकाका अध्यक्ष चौधरीले भने, ‘आलुको पकेट क्षेत्र मानिएको हिरिमिनियाका किसानले उत्पादन गरेको तरकारी तथा फलफूल भण्डारणमा यसले सहयोग पु¥याउँछ ।’ आलुलगायतका तरकारी र फलफूल भण्डारण गर्नका लागि डुडुवाका किसानलाई विशेष फाइदा भएपछि कृषि उत्पादनमा वृद्धि तथा बजारीकरणको सम्भावना अझै बढ्ने उनले बताए । शीतगृहसँगै, प्रशासनिक कार्यालय भवन, गेष्ट हाउस, शौचालय, पर्खाललगायत संरचनासमेत निर्माण गरिने गाउँपालिकाका इन्जिनियर प्रकाश शाहीले बताए । शीतगृहको निर्माणपछि डुडुवा गाउँपालिका तथा आसपासका पालिकाका किसान लाभान्वित हुनेछन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement