ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

मुक्तिनाथ विकास बैंकसँग दुई संस्थाको सम्झौता

२०७८ मंसिर, १७  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । मुक्तिनाथ विकास बैंकले भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन विभिन्न व्यावसायिक संस्थासँग सम्झौता गरेको छ । बैंकले वीरगञ्जमा रहेको नारायणी सेन्ट्रल अस्पताल वीरगञ्ज प्रालि र काठमाडौंमा विभिन्न शाखा रहेको देव कर्नर ज्वेलरीसँग व्यावसायिक सम्झौतामा हस्ताक्षर गरेको हो ।

सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकले नारायणी सेन्ट्रल अस्पतालका सेवा जस्तै, बेड चार्ज, रेडियोलोजी, इन्भेस्टिगेसन, डाक्टर कन्सलटेसनजस्ता प्रक्रियामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । सम्झौतापछि देव कर्नरमा पनि बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले विभिन्न सेवामा ३० प्रतिशतसम्म छुटको लाभ लिन सक्नेछन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement