ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

उपल्लो डोल्पाका विद्यार्थीलाई ज्योति विकास बैंकको सहयोग

२०७८ मंसिर, १७  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । ज्योति विकास बैंकले उपल्लो डोल्पाको न्यासिल गाउँस्थित यान्जेर गुम्बा विद्यालयका विद्यार्थीलाई २ लाख रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराएको छ । बैंकले हिमालयन डेभलपमेन्ट इनिसियटिभ (एचडीआई) को प्रोजेक्ट ज्योतिमार्फत उक्त सहयोग उपलब्ध गराएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्टले हिमालयन डेभलपमेन्ट इनिसियटिभका अध्यक्ष पेमा छिरिङ गुरुङलाई सो रकम प्रदान गरे । एचडीआईले सो रकमबाट यान्जेर गुम्बा विद्यालयका ५० विद्यार्थीलाई सोलार तथा विद्युतीय चार्ज बत्ती उपलब्ध गराएको छ ।

विद्युत सुविधाबाट वञ्चित उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीलाई घरमा अध्ययन गर्न थप सहज हुनेछ । प्रोजेक्ट ज्योति परियोजनामा एचडीआई र राष्ट्रिय आविष्कार केन्द्रसँगको सहकार्यमा यान्जेर गुम्बा विद्यालयमा सोलार प्यानल र उच्च क्षमताको पावर वाल निर्माण गरी जडान गरिनेछ ।

पावर वालले विद्यार्थीलाई दिनभर बत्ती चार्ज गर्ने सुविधा दिनेछ । एचडीआई नेपाल हिमाली क्षेत्रका नागरिकका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्ने गैरसरकारी संस्था हो । हाल बैंकले १०५ शाखा, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement