ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

डाबर नेपालसँग त्रिपक्षीय साझेदारी

२०७८ मंसिर, १७  
बजार
Image Not Found

काठमाडौं (अस) । डाबर नेपाल प्रालि, इसिमोड र तालकोल्ला (सीएफयूजी) बीच सार्वजनिक–निजी–सामुदायिक साझेदारीअन्तर्गत त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

इसिमोडका प्रबन्ध निर्देशक पेमा ग्याम्त्सो, नेपाल र बर्माका लागि डाबरका बिजनेस प्रमुख हरकिरत सिंह वेदीले समझदारीपत्रमा हस्ताक्षर गरे ।

उक्त अवसरमा इसिमोडका रणनीतिक सहयोग निर्देशक वसन्तराज श्रेष्ठ र डाबर नेपालका प्रमुख मेडिसिनल प्लान्ट अरबिन्द राना उपस्थित थिए ।

सम्झतौको उद्देश्य नेपालको बैतडीमा बहुपक्षीय साझेदारीको सदुपयोग गरी वन र आर्थिक उत्पादकत्व बढाएर जीविकोपार्जन र संरक्षणको परिणाम हासिल गर्नु रहेको ती संस्थाले बताएका छन् ।

भौगोलिक र हावापानीका हिसाबले बैतडीमा टिमुर खेतीको राम्रो सम्भावना छ । यही सम्भाव्यताको आधारमा तालकोल्ला सामुदायिक वन प्रयोगकर्ता समूह, डाबर नेपाल र इसिमोडले बैतडी डिभिजन वन कार्यालयको सहयोगमा पाँच वर्षे अवधिमा २५,००० टिमुरका बिरुवा रोप्न सहकार्य गर्नेछन् ।

सार्वजनिक–निजी–सामुदायिक साझेदारीले इकोसिस्टम पुनस्र्थापना, जीविकोपार्जनका विकल्पलाई बढावा दिने र यस क्षेत्रमा दिगो विकासलाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्