ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

कक्षा १२ को परीक्षाफल सार्वजनिक

२०७८ मंसिर, १७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १७ , काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ ।

शुक्रवार बिहान बसेको बोर्डको बैठकको निर्णय अनुसार उक्त कक्षाको परीक्षाफल प्रकाशित गरिएको  हो ।बोर्डका प्रवक्ता कृष्णप्रसाद शर्माका अनुसार उक्त  परीक्षामा देशभरबाट ३ लाख ७५ हजार १५ जना परीक्षार्थी सहभागी थिए । 

जसमा नियमिततर्फ १ लाख ७५ हजार ५९३ परीक्षार्थी सहभागी भएकामा ८४ हजार ५९३ परीक्षार्थी उत्तीर्ण भएका छन् । त्यसै गरी आंशिकतर्फ १ लाख २३ हजार १२१ परीक्षार्थी सहभागी भएकामा ४८ हजार ७३६ जना उत्तीर्ण भएका छन् ।

कक्षा १२ को परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement