ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

साताको अन्तिम कारोबार दिन तोलामा २०० रुपैयाँले घट्यो सुनको मूल्य

२०७८ मंसिर, १७  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १७, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रवार नेपाली बजारमा सुनको मूल्य घटेको बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् बिहीवार स्थिर रहेको सुनको भाउ शुक्रवार भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला रू. ९१ हजार ३०० मा कारोबार भएको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९१ हजार ५०० मा कारोबार भएको थियो । बिहीवारको तुलनामा शुक्रवार छापावाला सुन प्रतितोला रू. २०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९० हजार ८०० मा कारोबार भएको छ । बिहीवार तेजाबी सुन प्रतितोला रू. ९१ हजारमा कारोबार भएको थियो ।

यस्तै, शुक्रवार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीवार प्रतितोला रू. १ हजार १९० मा कारोबार भएको चाँदी शुक्रवार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement