ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

नेपाल इन्भेष्टमेण्ट बैंकको  सभाले पारित गर्‍यो १६ % लाभांश

२०७८ मंसिर, १७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १७, काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको ३५ औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । 

कोरोना महामारीको स्थितिलाई ध्यानमा राख्दै भर्चुअल माध्यमबाट आयोजित सभामा गत आर्थिक वर्ष २०७७/ ७८ मा भएगरेका प्रमुख उपलब्धि, भविष्यका योजना, कार्य सम्पादन लक्ष्य र रणनीतिबारेमा छलफल भएको थियो ।

सभाले यसअघि सञ्चालक समितिले प्रस्तावित गरेको १६ प्रतिशत लाभांशलाई स्वीकृत गरेको छ । अब कम्पनीले १२ दशमलव ६१ प्रतिशत बोनस शेयर र कुल चुक्तापूँजीको ३ दशमलव ३८ प्रतिशत नगद लाभांश शेयरधनीलाई प्रदान गर्ने छ ।

 सभामा आर्थिक वर्ष २०७७/ ७८ मा कम्पनीले  खुद नाफा ३ अर्ब ५५ करोड रुपैयाँ गरेको जानकारी दिइएको थियो । कम्पनीको  कुल चुक्तापूँजी १८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । 
साधारण सभाको अध्यक्षता कम्पनीका अध्यक्ष पृथ्वीबहादुर पाँडेले गरेका थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement