ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

पिपुल्स हाइड्रोपावरको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष नियुक्त

२०७८ मंसिर, १७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १७, काठमाडौ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले प्राथमिक शेयर(आईपीओ)  निष्कासन लागि प्रत्याभूतिकर्तामा नागरिक लगानी कोषलाई नियुक्त गरेको छ ।

उक्त  कम्पनीको शेयर प्रत्याभुतिकर्ता सम्बन्धी सम्झौतामा शुक्रवार लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरको तर्फबाट कम्पनीका प्रवन्ध सञ्चालक केशव वहादुर रायमाझीले हस्ताक्षर गरेका छन् । 

कम्पनीको आईपीओ निश्कासन तथा विक्री प्रवन्धकमा भने सानिमा क्यापिटल रहेको छ । सम्झौतापत्र आदान प्रदान कार्यक्रममा कोषको तर्फबाट विभागिय प्रमुख शोभा श्रेष्ठ, उपव्यवस्थापक नारायण प्रसाद घिमिरे लगायतको सहभागिता रहेको थियो । 

कम्पनीले ९६ लाख कित्ता शेयरको ९६ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर निष्कासन गर्ने छ । उक्त कम्पनीले लमजुङको दोर्दि नदीबाट ५४ मेगावट बिद्युत् उत्पादन गर्नेछ । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement