ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

थप २४६ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या शून्य

२०७८ मंसिर, १७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर १७, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु भएको छैन । बिहीवार भने ६ जनाको मृत्यु भएको थियो । त्यस्तै, पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार ६ हजार ४०० पीसीआर परीक्षणमा २२३ जना र १ हजार ४३६ एन्टिजेन परीक्षणमा २३ जना गरी कुल २४६ जनामा भाइरसको संक्रमण देखिएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९२१ पुगेको छ ।

यसैगरी, शुक्रवार ३४७ जना निको भएसँगै हालसम्म ८ लाख ३ हजार ७१६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement