ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

वीरगञ्जमा मानवीय सहायतास्थल तयार

२०७८ मंसिर, १९  
मधेश प्रदेश
NA

काठमाडौं । आपत्कालीन तयारी क्षमता वृद्धिका लागि वीरगञ्जमा नयाँ मानवीय सहायतास्थल तयार गरिएको छ । २ हजार ३२ वर्ग मेट्रिक टन भण्डारण क्षमता भएको उक्त मानवीय सहायतास्थल बेलायतको आर्थिक सहयोगमा संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले गृह मन्त्रालय र नेपाल इन्टर मोडल यातायात विकास बोर्डको सहकार्यमा निर्माण गरेको हो ।

सो स्थलको शुक्रवारदेखि शुभारम्भ गरिएको छ । कार्यक्रममा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, वीरगञ्जस्थित डब्लूएफपीका नेपाल प्रतिनिधि रोबर्ट कास्का र बेलायती राजदूतावासका प्रतिनिधिको सहभागिता रहेको डब्लूएफपीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सो अवसरमा गृहसचिव पाण्डेले मानवीय सहायतास्थलबाट मुलुकको प्रमुख आर्थिक नाका वीरगञ्जसहित प्रदेश नं २ को आपत्कालीन पूर्वतयारीको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार यस मानवीय सहायतास्थलले स्थलमार्गबाट आउने आपत्कालीन सामग्रीको प्राप्ति, भण्डारण र देशको अन्य विपद् प्रभावित क्षेत्रमा ढुवानीमा समेत उल्लेखनीय योगदान पुग्नेछ । डब्लूएफपीका देशीय प्रतिनिधि कास्काले धनजनको सुरक्षाका लागि विपद्भन्दा अगाडि आकस्मिक तयारीमा लगानी गर्नु एउटा प्रभावकारी तरिका भएको बताए । अन्य प्रदेशमा यस्ता मानवीय सहायतास्थल छन् । डब्लूएफपीले सन् २०१३ देखि नेपालमा आपत्कालीन तयारी र क्षमता वृद्धिमा सहयोग पु¥याइरहेको छ । सन् २०१५ को विनाशकारी भूकम्पको एक महिना अगाडि बेलायतको आर्थिक सहयोगमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल परिसरमा मानवीय सहायतास्थल स्थापना गरिएको थियो । यसले भूकम्पपछिको विपद्को उद्धार कार्यमा ठूलो सहयोगसमेत पु¥याएको थियो । रासस

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्