ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

दाङका ६ ओटा पालिकामा भेरोसेल खोपको पहिलो मात्रा लगाउन शुरु

२०७८ मंसिर, १९  
प्रदेश ०५
Image Not Found

मंसिर १९, दाङ । दाङका ६ ओटा पालिकामा आइतवारदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाउन शुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १८ वर्ष माथिका यसअघि खोप लगाउन छुटेका नागरिकलाई कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लगाउन शुरु गरिएको हो ।

जिल्लाको घोराही, लमही, बङ्गलाचुली, राजपुर, गढवा र राप्ती गाउँपालिका क्षेत्रमा आजदेखि बिहीवारसम्म भेरोसिल खोपको पहिलो मात्रा लगाइने उक्त कार्यालयले जानकारी दिएको हो ।

ती पालिकाका करीब ६० हजार नागरिकलाई खोप लगाउने लक्ष्य छ । यस पटक लगाएका उनीहरुलाई दोस्रो मात्रा आउँदो पुस १५ देखि १९ गतेसम्म लगाइने भएको छ ।

यसअघि गत मंसिर १२ गतेदेखि १७ गतेसम्म तुलसीपुरसहित पश्चिम दाङको शान्तिनगर, दङगीशरण र बबई गाउँपालिकामा भेरोसेलको पहिलो मात्रा खोप लगाइएको थियो ।

उनीहरुलाई आउँदो पुस ४ गतेदेखि ८ गतेसम्म दोस्रो मात्रा खोप लगाइने  जानकारी दिइएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement