ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

वैदेशिक रोजगार कार्यालयका नासुसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०७८ मंसिर, २०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर २०, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार कार्यालय ताहाचल काठमाडौंका नायव सुब्बा दुर्गा प्रसाद पोखरेलसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ  ।

अख्तियारको टालिले नायब सुब्बा दुर्गा प्रसाद पोखरेल र बिचौलिया खेम प्रसाद काफ्ले तथा राजेश पोखरेललाई सेवाग्राहीबाट घूस लिइसकेको अवस्थामा गत असोज १७  गते नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा पोखरेलले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिन आएका सेवाग्राहीलाई दुख हैरानी दिई घूस दिन वाध्य पारी आरके फोटोकपीका सञ्चालक खेम प्रसाद काफ्लेमार्फत घूस लिएको पुष्टि भएको पनि अख्तियारले बताएको छ ।

निजहरु उपर अलग-  अलग बिगो कायम गर्दै अख्तियारले  सोमवार विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement