ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

थप २६५ जनामा कोरोना संक्रमण पुष्टि, ३५७ जना संक्रमणमुक्त

२०७८ मंसिर, २०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर २०, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप २६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारी अनुसार उक्त अवधिमा ७ हजार ११४ जनाको पीसीआर परीक्षण गर्दा २३८ जना र १ हजार ५ ३३ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जना गरी २६५ जनामा कोरोना भाइरसको संक्रमणपुष्टि भएको हो ।

त्यस्तै सोही अवधिमा देशभर दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५४३ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३८६ पुगेको छ । यसैगरी, उक्त अवधिमा ३५७ जना संक्रमणमुक्त भएसँगै नेपालमा हालसम्म ८ लाख ४ हजार ९०१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

यसैबीच मन्त्रालयले नेपालमा दुई जनामा कोरोना भाइरसको ओमिक्रेन्ट भेरिएन्ट पुष्टि भएसँगै पुन : लकडाउन हुने नहुने भन्ने बारेमा कुनै निर्णय नभएको बताएको छ ।

मन्त्रालयका सह- प्रवक्ता डा समीर कुमार अधिकारीले सरकारले लकडाउन बारे केही निर्णय नगरेको बताए । उनले भने, ‘लकडाउन हुँदैन । यसबारे सरकारले केही निर्णय गरेको छैन । ’


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement