ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

मतदाता नामावली संकलनको तयारी तीव्र

२०७८ मंसिर, २१  
कर्णाली प्रदेश
NA

सुर्खेत । प्रदेश निर्वाचन कार्यालय सुर्खेतले आगामी संघीय, प्रदेश तथा पालिका तहको निर्वाचनको तयारीका लागि फोटोसहितको मतदाता नामावली संकलनको सबै तयारी पूरा गरेको छ । कार्यालयले सुर्खेतका नौ स्थानीय तहमा दुई चरणमा गरी शुक्रवारदेखि फोटोसहितको मतदाता नामावली संकलन गर्न लागेको हो । कार्यालयका अनुसार पहिलो चरणमा आगामी पुस २ गतेसम्म लेकवेशी नगरपालिका, सिम्ता, चिंगाड र चौकुने गाउँपालिकामा फोटोसहितको नामावली संकलन, त्रुटि सच्याउने, नामावली सार्ने लगायतका काम शुरू हुनेछ । दोस्रो चरणमा पुस ४ गतेदेखि १८ गतेसम्म गुर्भाकोट, भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकामा अभियान सञ्चालन गरिनेछ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले वीरेन्द्रनगर नगरपालिकामा जिल्ला प्रशासन कार्यालय र पञ्चपुरी नगरपालिकामा इलाका प्रशासन कार्यालय बाबियाचौरबाट फोटोसहितको मतदाता नामावली संकलनको भइरहेको जानकारी दिए । रासस

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्