ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

बूढीगण्डकी जलविद्युत् आयोजना बनाउने हो : अर्थमन्त्री शर्मा        

२०७८ मंसिर, २१  
वाग्मती प्रदेश
Image Not Found
फाइल फोटो

मंसिर २१, धादिङ । अर्थमन्त्री जनार्दन शर्माले बूढीगण्डकी जलविद्युत् आयोजना बनाउने र आफू अर्थमन्त्री हुँदा काम थाल्ने बताएका छन् ।

त्रिपुरासुन्दरी मेलामा सोमवार आयोजित साँस्कृतिक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले भने, ‘बूढीगण्डकी बनाउने हो ।’     
     
त्रिपुसुन्दरीको न्वागी मेला जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा डुबान क्षेत्रमा पर्ने स्थान हो । यहाँका खेतधनीहरूले मुआब्जासमेत बुझिसकेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले त्रिपुरासुन्दरी मन्दिर सल्यानकोटसम्म कालोपत्रका लागि नेपाल सरकारले बजेट विनियोजन गर्नेसमेत बताए ।

विकासका लागि जनताले साथ दिनुपर्ने बताउँदै अर्थमन्त्री शर्माले मध्यपहाडी लोकमार्ग निर्माण पूरा गर्नेसमेत बताए । रासस

यो पनि हेर्नुस् :

बूढीगण्डकी जलविद्युत् आयोजना : १७ अर्बमा ३ अर्ब मात्रै मुआब्जा वितरण

बूढीगण्डकी जलविद्युत् आयोजना : आयल निगमले माग्यो २५ प्रतिशत शेयर

बूढीगण्डकी जलविद्युत् आयोजना : देशमै जुट्छ साढे ३ खर्ब

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्