ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

चितवनका निर्माण व्यवसायीद्वारा वृद्धआश्रमलाई सभाहल हस्तान्तरण 

२०७८ मंसिर, २१  
वाग्मती प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर २१, चितवन । निर्माण व्यवसायी संघ चितवनले देवघाटस्थित एक वृद्धआश्रममा सभाहल निर्माण गरिदिएका छन् । संघले मंगलवार कार्यक्रमको आयोजना गरी निर्माण भएको सभाहल वृद्धवृद्धाहरुलाई हस्तान्तरण गरेको हो  ।

निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष उमानन्द कँडेलले १० लाख खर्च गरेर बनाइएको सभाहलको मंगलवार उद्घाटन गरी वृद्धवृद्धाहरुलाई हस्तान्तरण गरिएको जानकारी दिए । 

देवघाटमा रहेको समाज कल्याण केन्द्र वृद्धाश्रममा सभाहल बनाइएको हो । सो वृद्धाश्रममा ३८ जना वृद्धवृद्धाहरु आश्रित छन् । अध्यक्ष कँडेलले हस्तान्तरण कार्यक्रममा वृद्धवृद्धालाई नगद तथा भोजनसमेत गराइएको बताए  ।

कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल निर्माण व्यवसायी महासंघका प्रमुख अतिथि रवि सिंह रहेका थिए ।

कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनवावु घिमिरे, नेपाल निर्माण व्यवसायी महासंघका निवर्तमान उप महासचिव सुर्यप्रसाद तिमिल्सिना, नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्यहरु होमकुमार शर्मा, हरिप्रसाद घिमिरे लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्