ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

नेपाल लाइफको नयाँ जीवन बीमा योजना

२०७८ मंसिर, २२  
बजार
NA

काठमाडौं (अस) । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन’  बीमा योजना मंगलबार सार्वजनिक गरेको छ ।

कम्पनीले ग्राहक चाहना तथा अभिकर्ताको सुझावलाई दृष्टिगत गरी नयाँ जीवन बीमा योजना ल्याइएको बताएको छ । यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक जीवन बीमा हो ।

कम्पनीका अनुसार हाइड्रोपावर, भवन निर्माणलगायत ठूला परियोजना निर्माणमा  हुने जोखिम र डाक्टर, इन्जिनियर, बाइक राइडर, फ्याक्ट्री वर्करदेखि लेबरसम्मका पेसा अपनाउने व्यक्तिलाई लक्षित गरी नेपाल लाइफ समुन्नत जीवन बीमा योजना ल्याइएको हो ।

बढी जोखिमयुक्त पेसामा लागेका व्यक्तिको एउटै बीमालेखबाट अधिकतम जोखिम वहन गर्ने विशेषता भएको बीमा योजनाको माग भएको सर्वेक्षणका आधारमा कम्पनीले नयाँ बीमा योजना ल्याइएको जानकारी दिएको छ । बीमा योजनाको मुख्य आकर्षणमा बीमा अवधिभित्र बीमितको दुर्घटनाका कारण मृत्यु भए बीमांक रकमको तेब्बर र आर्जित बोनस बीमितका इच्छाइएको व्यक्तिले भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

यो बीमालेख १८ वर्षदेखि ६० वर्ष उमेर समूहका व्यक्तिले लिन सक्नेछन् । ५ वर्षदेखि अधिकतम ३० वर्र्षसम्म अवधिको बीमा लिन सकिनेछ भने १८ वर्ष देखि ६० वर्षसम्मै घातक रोग उपचार खर्च योजना ऐच्छिक सुविधा लिन सकिनेछ । अतिरिक्त बीमाशुल्क तिरेर बीमांक रकम बराबर वा अधिकतम ५० लाखसम्मको घातक रोग उपचार खर्च योजनामा सामेल हुन सकिनेछ ।

बीमालेखको बीमा समाप्ति अधिकतम ६५ वर्ष उमेरमा हुनेछ । ५० हजारदेखि १ करोडसम्मको बीमांक रकमको बीमा गर्न सकिनेछ । वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिक रूपमा बीमा शुल्क भुक्तानी गर्न सकिने नेपाल लाइफ समुन्नत जीवन बीमा योजनामा वार्षिक बीमा शुल्क भुक्तानी गर्दा १ प्रतिशत छुट, त्रैमासिक बीमा शुल्क तिर्दा ३ प्रतिशत थप र मासिक बीमा शुल्क तिर्दा ६ प्रतिशत थप लाग्नेछ ।

बीमालेख चालू रही बीमा अवधि समाप्त मितिसम्म बीमित जीवित रहे बीमा अवधि समाप्ति अन्त्यमा बीमांक रकम  र आर्जित बोनस एकमुष्ट बीमितलाई भुक्तानी दिइनेछ ।

बीमालेख चालू रही बीमा अवधिभित्र जुनसुकै कारणबाट बीमितको मृत्यु भए दुई गुणा बीमांक रकम  र आर्जित बोनस एकमुष्ट बीमितको इच्छाइएको व्यक्तिलाई भुक्तानी दिइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement