ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

संघद्वारा वृद्धाश्रमलाई सभाहल हस्तान्तरण

२०७८ मंसिर, २२  
वाग्मती प्रदेश
Image Not Found

चितवन (अस) । निर्माण व्यवसायी संघ चितवनले देवघाटस्थित वृद्धाश्रममा सभाहल निर्माण गरिदिएको छ  । संघले मंगलबार निर्माण सम्पन्न सभाहल वृद्धवृद्धालाई हस्तान्तरण गरेको हो । निर्माण व्यवसायी संघ चितवनका अध्यक्ष उमानन्द कँडेलले १० लाख खर्च गरेर बनाइएको सभाहल उद्घाटन गरी वृद्धवृद्धालाई हस्तान्तरण गरिएको जानकारी दिए  ।

देवघाटमा रहेको समाज कल्याण केन्द्र वृद्धाश्रममा सभाहल बनाइएको हो । सो वृद्धाश्रममा ३८ जना वृद्धवृद्धा आश्रित  छन् । अध्यक्ष कँडेलले वृद्धवृद्धालाई नगद तथा भोजनसमेत खुवाइएको बताए । कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघ अध्यक्ष रवि सिंह, देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरनबाबु घिमिरे, महासंघका निवर्तमान उप–महासचिव सुर्यप्रसाद तिमिल्सिना, महासंघका केन्द्रीय सदस्य होमकुमार शर्मा, हरिप्रसाद घिमिरेलगायत उपस्थित थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्