ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

युनिलिभर नेपालको माइती नेपालसँग सहकार्य

२०७८ मंसिर, २२  
बजार
Image Not Found

काठमाडौं (अस) । युनिलिभर नेपाल लिमिटेड र माइती नेपालबीच समाजमा मानव बेचबिखन तथा घरेलु हिंसाको सिकार भएका महिलाका निम्ति रोजगारी सिर्जना गर्ने तथा तिनको सामाजिक, आर्थिक र कानुनी क्षमतामा वृद्धि र सुधारका लागि मिलेर काम गर्न सहकार्य भएको छ ।

यो साझेदारीले लक्षित महिलाको दिगो आय सिर्जना हुने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ । महिलाका निम्ति प्रख्यात ब्रान्डका ब्युटिपार्लरका साथै एस्काभेटर चलाउने र बिक्री तालिमका लागि विज्ञको मार्गदर्शनमा  प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ । तालिम अवधिभर उनीहरुलाई माइती नेपालको पुनस्र्थापना केन्द्रमा बस्ने व्यवस्था  गर्ने सहमति भएको छ ।

महिला रोजगारीले आफ्नो, आफ्नो परिवार र समुदायको जीवनस्तरमा सुधार गर्नुका साथै तिनलाई सबै क्षेत्रमा सहभागी बनाई बलियो अर्थतन्त्र निर्माण गर्न, विकास तथा दिगोपनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त लक्ष्य प्राप्त गर्ने विश्वास दुवै संस्थाको छ । कार्यक्रम उद्घाटन  माइती नेपालकी संस्था अध्यक्ष अनुराधा कोइराला र युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले माइती नेपालको कार्यालयमा गरे ।

‘हामीले समाजबाट जति पाएका छौं, त्यसभन्दा बढी समाजमा योगदान दिनु सबैको दायित्व हो । नेपालको भविष्यका लागि महिलालाई आवश्यक सीप प्रदान गर्दै दीर्घकालीन दिगो यात्राका लागि प्रोत्साहन गर्छौं । यसले सामाजिक रूपमा समावेशी संसार निर्माणमा योगदान दिनेछ । भविष्यमा पनि यस्तै पहलमार्फत समुदायमा सेवा प्रदान गर्नेछौं’, युनिलिभर नेपालका प्रबन्ध निर्देशक मुखर्जीले भने ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement