ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

बुधवार बढ्यो सुन–चाँदीको मूल्य

२०७८ मंसिर, २२  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर २२, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बुधवार प्रतितोला ५०० रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम गरिएको छ । यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ । 

अघिल्लो दिन मंगलवार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ निर्धारण गरिएको थियो । उता चाँदीको मूल्य भने बुधवार  प्रतितोला १० रुपैयाँले बढेर १ हजार २०० रुपैयाँ कायम भएको छ ।

मंगलवार भने चाँदीको मूल्य प्रतितोला १ हजार १९० रुपैयाँ रहेको थियो ।
 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement