ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

चीनको वैदेशिक व्यापार २२ % ले वृद्धि      

२०७८ मंसिर, २२  
अन्तरराष्ट्रिय
Image Not Found

मंसिर २२, पेचिङ । चीनको कुल आयात निर्यात सन् २०२१ को पहिलो ११ महीनामा वार्षिक रूपमा २२ प्रतिशतले बढेर ३५ दशमलव ३९ ट्रिलियन युआन (५ दशमलव ५५ ट्रिलियन अमेरिकी डलर) पुगेको छ।     

भन्सार प्रशासनले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२० को लागि कुल ३२ दशमलव १६ ट्रिलियन युआनलाई पार गरिसकेको यो संख्या २०१९ मा महामारी स्तरको तुलनामा २४ प्रतिशतले बढेको हो।     

दुवै निर्यात र आयातले वर्षको पहिलो ११ महीनामा दोहोरो अंकको वृद्धि जारी राखेको छ । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः २१ दशमलव ८ प्रतिशत र २२ दशमलव २ प्रतिशतले बढेको छ ।     

नोभेम्बरमा मात्रै देशको आयात र निर्यात वर्षको तुलनामा २० दशमलव ५ प्रतिशतले बढेको छ जुन अक्टोबरको तुलनामा ११ दशमलव ४ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ। यसले कोरोना भाइरसको महामारीको प्रभावबाट अर्थतन्त्रमा निरन्तर पुनर्बहाली आइरहेको संकेत गरेको छ । 

कोरोना भाइरसको महामारीबाट विश्वको आर्थिक पुनर्बहालीलाई चीनले नेतृत्व गरिरहेको छ । तर त्यहाँको घरेलु उपभोक्ता र अन्य आर्थिक गतिविधि चाँहि सुस्ताएको छ ।  रासस/ सिन्ह्वा

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement