ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

रैराङ हाइड्रोपावरद्वारा शेयरधनीलाई बैंक खाता अद्यावधिक गर्न अनुरोध

२०७८ मंसिर, २२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर २२, काठमाडौं । रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले शेयरधनीलाई बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको छ । 

कम्पनीले कात्तिक १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १२ दशमलव ६० प्रतिशत नगद लाभांश (करसहित) खातामा पठाउनका लागि बैंक खाता अद्यावधिक गराउन भनेको हो ।कम्पनीले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएपछि मात्र शेयरधनीको बैंक खातामा नै नगद लाभांश जम्मा हुने पनि बताएको छ ।

साथै कम्पनीले हालसम्म पनि शेयर भौतिक रुपमा राखेका शेयरधनीलाई यथाशिघ्र शेयर अभौतिकीकरण गराउन पनि भनेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्