ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

लक्ष्मी इक्विटी फण्डसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

२०७८ मंसिर, २२  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर २२, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार बजार खुलेको तीन घण्टाको अवधिमा लक्ष्मी इक्विटी फण्डसहित पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।

 कारोबारमा आएका २२५ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको हो । लक्ष्मी इक्विटी फण्ड,सिद्धार्थ इक्विटी फण्ड,एनआइबिएल समृद्धि फण्ड १,नबिल ब्यालेन्स फण्ड २ र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम २ को इकाईमा उच्च खरीद माग रहेको हो । 

ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी लक्ष्मी इक्विटी फण्डको १५ लाख ५९ हजार ५०० इकाई खरीद माग रहेको छ । 

त्यसैगरी सिद्धार्थ इक्विटी फण्डको २ लाख ३ हजार ८०० इकाई,एनआइबिएल समृद्धि फण्ड - १ को १ लाख ५० हजार ८३६ इकाई,नबिल ब्यालेन्स फण्ड - २ को १ लाख २९ हजार ५७० इकाई र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम - २ को १ लाख २२ हजार १७० इकाई खरीद माग रहको हो ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३६ दशमलव शून्य २ अंकले घटेको छ ।  उक्त अवधिसम्ममा नेप्से परिसूचक २ हजार ४७२ दशमलव ८९ विन्दुमा झरेको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्