ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

भूकम्पपछिको पुनर्निर्माणका बाँकी कामहरु नियमित कार्यक्रममा राखेर सम्पन्न गरिन्छ : अर्थमन्त्री

२०७८ मंसिर, २२  
समाचार
Image Not Found
फाइल फोटो
author avatar अभियान संवाददाता

मंसिर २२, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले भूकम्पपछिको पुनर्निर्माणका बाँकी कामहरु सरकारले नियमित कार्यक्रममा राखेर सम्पन्न गरिने बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित नेपालको पुननिर्माणसम्बन्धी अन्तरराष्ट्रिय सम्मलेनलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले २०७२ सालको भूकम्पले भत्काएका स्वास्थ्य संस्था, विद्यालय, सरकारी र पुरातात्विक संरचनाहरू सकारका नियमित कार्यक्रमहरूमा राखी प्राथमिकताका साथ सम्पन्न गरिने बताए ।

उनले यस अन्तर्गत निजी आवासहरूको काम चालू आर्थिक वर्षमा सम्पन्न गर्ने गरी सहरी विकास मन्त्रालयलाई जिम्मेवारी हस्तान्तरण गरिएको पनि  बताए । उनले विपद् व्यवस्थापन सम्बन्धी कार्यहरू विपद व्यवस्थापन प्राधिकरणमार्फत् सम्पन्न गर्ने व्यवस्था मिलाएको पनि बताए  ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल सम्पन्न हुन गइरहेको सन्दर्भमा आयोजित सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले भूकम्पबाट क्षतिग्रस्त निजी तथा सार्वजनिक संरचना पुनर्निर्माणको अभियानसँगै मुलुकमा भौगर्भिक जोखिम भएका बस्तीहरूको स्थानान्तरणका लागि एकीकृत वस्ती विकास कार्यक्रम अघि बढाइएको तथा वस्ती सुधार संरक्षण कार्यमा सरकार गम्भीरतापूर्वक अघि बढेको जानकारी दिए ।

उनले भूकम्पबाट क्षतिग्रस्त विद्यालय स्वास्थ्य संस्था तथा सरकारी एवम् सार्वजनिक ऐतिहासिक र पुरातात्विक सम्पदाहरू मठमन्दिर, धरहरा, रानीपोखरी, दरबार हाइस्कुल जस्ता गौरवपूर्ण सांस्कृतिक सम्पदाको पुनर्निर्माण भएको उल्लेख गरे ।

उनले भूकम्पपछिको प्रतिकूल परिस्थितिमा संविधान निर्माणले पूर्णता पाउनुको साथै भूकम्पपछि भौतिक संरचना पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण पनि गठन भएको र यसको कार्यकाल सन्तोषजनक रुपमा सम्पन्न भएको टिप्पणी गरे ।

दोस्रो संविधानसभाको निर्वाचनपछि संविधान निर्माणका लागि संसदमा बहस गरिरहँदा विनाशकारी भूकम्प आएर ९ हजार जनाको मृत्यु भएको थियो भने २२ हजार जना घाइते भएका थिए ।

भूकम्पबाट १० लाखभन्दा बढी निजी घर, हजारौं विद्यालय, स्वास्थ्य संस्था तथा सरकारी संरचना र ऐतिहासिक तथा पुरातात्विक संरचनाहरू भत्किएका थिए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement