ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

एकर्ड फर्मास्युटिकल्सद्वारा आईपीओ निष्कासन गर्न विक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त

२०७८ मंसिर, २२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर २२, काठमाडौं । एकर्ड फर्मास्युटिकल्सले प्राथमिक शेयर (आईपीओ) निष्कासनका लागि शेयर निष्कासन तथा विक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ ।

सो सम्बन्ध सम्झौतामा बुधवार एकर्ड फर्मास्युटिकल्सको तर्फबाट अध्यक्ष विशाल पण्डित र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकाल बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ दरको ४ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।

कम्पनीको अधिकृत पूँजी ६५ करोड र जारी पूँजी ४८ करोड रुपैयाँ रहेको उक्त कम्पनीको केन्द्रीय कार्यालय काठमार्डांको तीनकुनेस्थित सुविधानगरमा रहेको छ भने ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकास्थित लुभूमा ओषधी उत्पादन गर्ने कारखाना रहेको छ ।

नेपालका औषधी तथा औषधीजन्य सामाग्रिहरुको कारोबारमा लामो समय संलग्न रहेका व्यक्तिहरु तथा अन्य बिभिन्न क्षेत्रका बिज्ञहरुद्वारा प्रवर्द्धित उक्त कम्पनी शुरुमा २०७० सालमा प्राइभेट कम्पनीको रुपमा स्थापना भई पछि पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो ।

विश्व स्वास्थ्य संगठन सिजिएम्पीको मापदण्ड तथा गाइडलाइन अनुरुप औषधी उत्पादन भवनको निर्माण गरिनुका साथै यन्त्र तथा उपकरणको व्यवस्थापन, जडान एबम् उत्पादन प्रक्रिया समेत सोही अनुरुप सुनिश्चित् गरिएको कम्पनीले बताएको छ ।
हाल मुलुकमा औषधि उत्पादन गरिरहेका थुप्रै कम्पनीहरुमध्ये  उक्त औषधी कम्पनी सर्वसाधारणमा शेयर जारी गर्ने नेपालकै पहिलो औषधी उत्पादक कम्पनी हुने छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्