ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

२४५५.८१ विन्दुमा नेप्से,२ अर्ब ६६ करोड बराबरको शेयर खरीदविक्री 

२०७८ मंसिर, २२  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर २२, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ५३ दशमलव १० अंक अर्थात् २ दशमलव २१२ प्रतिशत घटेको छ । 

यो दिन नेप्से परिसूचक २ हजार ४५५ दशमलव ८१ विन्दुमा झरेको हो । यो दिन कारोबारमा आएका २२६ ओटा धितोपत्रको ६५ लाख ६० हजार ९४७ कित्ता शेयरको ४२ हजार ९४६ पटकमा रू. २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६१९ दशमलव ७४ बराबरको शेयर खरीदविक्री भएको छ । 

कारोबारमा आएका १३ ओटै समूहको परिसूचक घटेसँगै समग्र नेप्से परिसूचक घटेको हो । १३ ओटा समूहमध्ये सबैभन्दा बढी ब्यापार समूहको परिसूचक ३ दशमलव ७३ प्रतिशत घटेको छ । 

त्यस्तै बैकिङ समूहको परिसूचक १ दशमलव ५३ प्रतिशत,होटल एण्ड टुरिजम समूहको परिसूचक २ दशमलव ५ प्रतिशत,विकास बैंक समूहको ३ दशमलव ३१ प्रतिशत,हाइड्रोपावर समूहको ३ दशमलव १२ प्रतिशत,वित्त समूहको ३ दशमलव ३ प्रतिशत,निर्जीवन बीमा समूहको २ दशमलव १२ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको २ दशमलव ९१ प्रतिशतले घटेको छ ।
 त्यसैगरी अन्य समूहको १ दशमलव १५ प्रतिशत,लघुवित्त समूहको २ दशमलव ५९ प्रतिशत,जीबन बीमा समूहको २ दशमलव १९ प्रतिशत,म्युचुअल फण्ड समूहको शून्य दशलमव ७५ प्रतिशत र लगानी समूहको परिसूचक २ दशमलव ४८ प्रतिशत घटेको हो । 

त्यसैगरी बुधवार सर्वाधिक शेयर खरीदविक्री नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । उक्त कम्पनीको रू. ११ करोड ८८ लाख १५ हजार बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.३८२ कायम भएको छ ।

त्यसैगरी दोस्रोमा नेपाल दुरसञ्चार कम्पनीको रू.१० करोड ९१ लाख बराबरको शेयर खरीदविक्री भएको छ । त्यस्तै यो दिन सबैभन्दा बढी सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् ।

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव ५४ प्रतिशत घटेको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू.१ हजार १६८ मा झरेको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश नदिने निर्णय गरेसँगै विक्रेता हावी हुँदा शेयरमूल्य घटेको छ । 

दोस्रोमा एक्सेल डेभलपमेण्ट कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव ३० प्रतिशत घटेर रू. ५५० दशमलव २० मा झरेको छ । त्यसैगरी सबैभन्दा बढी स्ट्याण्डर्ड चाटर्ड बैंकको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १ दशमलव ९४ प्रतिशत वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४५० दशमलव ८० कायम भएको हो । 

पछिल्लो समय लगानीकर्ताले दिर्घकालिन लगानीभन्दा पनि अल्पकालिन लगानी गर्ने प्रवृत्ति रहेको छ । ३ हजार २०० विन्दुमा पुगेको शेयर बजार अहिले २ हजार ४५५ विन्दुमा आएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्