ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

साञ्जेन र सुपरमाई हाइड्रोपावरले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा दिए निवेदन 

२०७८ मंसिर, २२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर २२, काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेड र साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । 

सुपरमाई हाइड्रोपावरले सर्वसाधारण तथा स्थानिय र साञ्जेन जलविद्युतले स्थानियका लागि आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।

सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा रू. १० करोड बराबरको १० लाख कित्ता शेयर निष्कासनका लागि मंसिर २० गते निवेदन दिएको हो । कम्पनीले इलाम जिल्लामा ७ दशमलव ८ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

साञ्जेन जलविद्युतले पनि रू. ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता शेयर निष्कासनका लागि  निवेदन दिएको छ । रसुवा जिल्लामा सो कम्पनीले १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन आयोजना निर्माण गरिरहेको छ।

सुपरमाई हाइड्रोपारको आईपीओ विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड र साञ्जेन जलविद्युतको आईपीओ विक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement