ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

थपिए २८० जना कोरोना संक्रमित, ३६६ जना संक्रमणमुक्त  

२०७८ मंसिर, २२  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर २२, काठमाडौं। नेपालमा विगत २४ घण्टामा थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार  दिएको जानकारी अनुसार  उक्त अवधिमा ९ हजार १६८ जानाको पीसीआर परीक्षण गर्दा २५५ र ३ हजार ६ जनाको एन्टीजेन परीक्षण गर्दा २५ जना गरी २८० जनामा कोरोजना संक्रमण पुष्टि भएको  हो ।

मन्त्रालयका अनुसार उक्त अवधिमा कोरोना संक्रमणबाट दुई जनाको मृत्‍यु भएको छ  । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४७ जना पुगेको छ । 
मन्त्रालयका अनुसार विगत २४ घण्टामा कोरोना संक्रमणबाट ३६६ जना संक्रमणमुक्त भएका छन् ।

यसैगरी उक्त अवधिमा काठमाडौं उपत्यकामा १४६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।  जसमध्ये काठमाडौं जिल्लामा १०० जना, ललितपुर जिल्लामा ३१ जना र भक्तपुर जिल्लामा १५ जनामा कोरोना संक्रमण भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement