ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

बैतडीका दुई सहित सुदूरपश्चिमका २० स्थानीय तह संकटग्रस्त क्षेत्र घोषणा 

२०७८ मंसिर, २२  
सुदूरपश्चिम प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर २२, बैतडी । मंसिर २२, बैतडी । बैतडीका दुई सहित सुदूरपश्चिमका २० ओटा स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । सरकारले देशभरीका ३३ ओटा स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । ती मध्ये सुदूरपश्चिमका ६ जिल्लाका २० ओटा स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो । 

बैतडीका सिगास गाउँपालिका र शिवनाथ गाउँपालिका संकटग्रस्त क्षेत्र घोषणा भएका छन् । यस्तै दार्चुला दुहुँ गाउँपालिका र अपिहिमाल गाउँपालिका संकट ग्रस्त क्षेत्र घोषणा भएका छन् ।

डडेल्धुराका नवदुर्गा गाउँपालिका, अमरगढी नगरपालिका, आलिताल गाउँपालिका, गन्यापधुरा गाउँपालिका र पर्शुराम नगरपालिका गरी ५ स्थानीय तह संकटग्रस्त क्षेत्र घोषणा भएका छन् । बझाङका थलारा गाँउपालिका, वित्थडचिर गाउँपालिका, खप्तडछान्ना गाउँपालिका र जयपृथ्वी नगरपालिका गरी ४ स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । 

यस्तै, डोटीका ५ स्थानीय तह दीपायल सिलगढी नगरपालिका, केआईसींह गाउँपालिका, आदर्श गाउँपालिका, जोरायल गाउँपालिका र सायल गाउँपालिका संकटग्रस्त क्षेत्र घोषणा भएका छन् । यस्तै बाजुराका २ स्थानीय तह हिमाली गाउँपालिका र जगन्नाथ गाउँपालिका संकटग्रस्त क्षेत्र घोषणा भएका छन् । 

संकटग्रस्त क्षेत्र घोषणा भएका स्थानीय तहमा पुनर्निर्माण र पुनःस्थापनाको काम, घर, सडक र अन्य भौतिक संरचना निर्माणको काम हुने बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement