ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

राष्ट्रिय वाणिज्य बैंक र ई - सेवा मनी ट्रान्सफर बीच रेमिट्यान्स् भुक्तानी सम्झौता

२०७८ मंसिर, २२  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर २२, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र ई - सेवा मनी ट्रान्सफर  बीच  रेमिट्यान्स् भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । 

सम्झौतापत्रमा बुधवार बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र ई - सेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी निर्देशक अजेस कोइरालाले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअन्तर्गत अब विदेशबाट ई - सेवा मनी ट्रान्सफरमार्फत पठाएको रेमिट्यान्स राष्ट्रिय वाणिज्य बैंकका सम्पूर्ण  शाखाहरुबाट भुक्तानी हुनेछ । अब विदेशमा रहेका नेपालीहरुले सिधै राष्ट्रिय वाणिज्य बैंकको खातामा पैसा पठाउन सक्नेछन् र ई - सेवा मनी ट्रान्सफरको सेवा उपभोग गर्न यस बैंकका खाताग्राहीहरुले राष्ट्रिय वाणिज्य बैंकको मोबाइल एप आर.बि. बि स्मार्ट डाउनलोड गर्नु पर्ने हुन्छ । 

यसपछि मुलुकभरी तथा संसारका २०० भन्दा बढी मुलुकमा कारोबार विस्तार गरिरहेको रेमिट कम्पनी, ई - सेवा मनी ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकका खाताग्राहीहरुले विदेशबाट पठाएको रेमिट्यान्स् सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् र आर.बि बि स्मार्ट अर्थात बैंकको मोबाइल बैंकिंग एप प्रयोग गरेर ई - सेवा मनी ट्रान्सफरमार्फत नेपालभरी रहेका ई सेवाका नेटवर्क माझ जहाँपनि रेमिट्यान्स पठाउन वा पाउँन सकिन्छ । 

उक्त कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु पवन रेग्मी, विनयरमण पौडेल, आनन्द सुवेदी, ई-  सेवा मनी ट्रान्सफरका महाप्रबन्धक सागर खनाल, कम्प्लायन्स प्रमुख ईन्द्र बस्नेत लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकको हाल सातै प्रदेश, ७७ ओटा जिल्लामा २५६ ओटा  शाखा कार्यालय, २४१ ओटा एटीएम र ९८ ओटा शाखा हित बैंकिङ्ग रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement