ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

१३ औं साफका उपविजेता खेलाडी र प्रशिक्षकलाई सरकारले गर्‍यो नगदसहित सम्मान  

२०७८ पौष, ६  
खेल विविध
Image Not Found

पुस ६, काठमाडौं । १३ औं साफ च्याम्पियनसीप फुटबलमा उपविजेता बनेको राष्ट्रिय फुटबल टिमका खेलाडीलाई नगदसहित सम्मान गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बिहान  आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले साफमा पहिलो पटक उपविजेता बन्दै इतिहास रचेको टोलीका खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान गर्नुभएको हो ।


टिमका २३ जना खेलाडी र तीन जना प्रशिक्षकलाई नगद तथा व्यवस्थापकसहित चार जना पदाधिकारीलाई प्रमाणपत्र र खादा लगाएर सम्मान गरिएको हो । सरकारले  राष्ट्रिय फुटबल टिमका खेलाडीलाई ५/ ५ लाख  रुपैयाँ र तीन जना प्रशिक्षकलाई ३ लाख रुपैयाँका दरले सम्मान गरेको हो ।

माल्दिभ्सको मालेमा असोज १५ गतेदेखि ३० गतेसम्म आयोजना भएको साफमा नेपाल पहिलो पटक फाइनल पुग्दै इतिहास रचेको थियो । फाइनलमा भारतसँग पराजित हुँदै नेपाल भने उपविजेता बनेको थियो ।

सम्मान कार्यक्रममा प्रधानमन्त्री देउवाले फुटबल खेलाडीलाई अझ राम्रो प्रदर्शन गर्न शुभकामना दिनुभएको थियो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले अझै राम्रो प्रदर्शन गर्दै सम्मान गर्ने वातावरण बनाउन फुटबल टिमलाई आग्रह गर्दै पुरस्कारलाई निरन्तरता दिने बताए ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement