ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

पाल्पामा मलामी जाँदै गरेको बस दूर्घटना : ७ जनाको मृत्यु, ८ जना घाइते

२०७८ पौष, १८  
समाचार र यो पनि
Image Not Found
author avatar अभियान संवाददाता

पुस १८, पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–३, लघुवामा आइतवार  बस दूर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । आठ जनालाई उपचारका लागि तानसेनस्थित अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।

पाल्पाको रिब्दीकोट गाउँपालिका– २ लघुवामा बुटबलदेखि रिडितर्फ गएको लु १ ख ७२७९ नम्बरको बस दूर्घटना भई ६० मिटर तल खसेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर श्वातीले बताए । 

उनका अनुसार बुटवलदेखि शव दाहसंस्कारका लागि रुरुक्षेत्र कालीगण्डकी रिडी हिँडेको बस दूर्घटना भएको हो ।

घाइतेको उद्धारमा प्रहरी र स्थानीयवासी लागेका छन् । मृत्तकको सनाखत हुन बाँकी रहेको जानकारी दिइएको छ । दूर्घटना बिहान १०:३० बजे भएको बताइएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement