ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

शिक्षा र कृषि विकासमा साझेदारी

२०७८ पौष, २०  
प्रदेश ०१ शिक्षा
NA

झापा । प्रदेश १ कै ठूलो सहकारीका रूपमा स्थापित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले बिर्तामोड नगरपालिकासँग मिलेर शिक्षा र कृषिका क्षेत्रमा साझेदारी कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यक्रमका लागि सहाराका कार्यकारी निर्देशक महेन्द्र गिरी र नगरप्रमुख धु्रवकुमार शिवाकोटीले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतापत्रमा आधारभूत तह कक्षा १ देखि ५ सम्म प्रविधिमैत्री कक्षा तथा प्रविधिमैत्री शिक्षण सिकाइ कार्यक्रम सञ्चालन, पूर्वाधारयुक्त नगर र विषादीरहित कृषि तथा व्यवसायको अभिवृद्धि र सभ्य तथा स्वस्थ नागरिक बिर्तामोड नरपालिकाको समृद्धि उल्लेख गरिएको छ ।

नगरपालिकाको २८ लाख ४० हजार र सहाराको १० लाख गरी कुल ३८ लाख ४० हजारको लागतमा शैक्षिक विकासका कार्यक्रम गरिने र कृषिका कार्यक्रम लागि पालिकाले ४५ लाख र सहाराले ४५ लाख गरी रु ९० लाख उपलब्ध गराउने जनाइएको छ । दुवै संस्थाका २०/२० लाखको लागतमा साना सिँचाइ कार्यक्रमका लागि मोटर बोरिङ वितरण, २५/२५ लाखमा पशु विकाससम्बन्धी मासु पसल सुधार, गाईको भकारो तथा गोठ सुधार, बाख्रा र बंगुुरको भकारो तथा गोठ सुधार गर्नुका साथै काट्ने उपकरण वितरण गरिने सम्झौतापत्रमा उल्लेख छ ।  कार्यक्रमको अवधि ०७९ असार मसान्तसम्म रहनेछ । रासस

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement