ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

सन् २०२१ मा टेस्लाका झन्डै १० लाख सवारी साधन डेलिभरी

२०७८ पौष, २०  
यातायात अन्तरराष्ट्रिय
Image Not Found

पुस २०, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्ला इंकले गत वर्ष करीब १० लाख थान सवारी साधनको डेलिभरी दिएको छ । 

गत वर्षको अन्तिम त्रैमासमा मात्रै कम्पनीले ३ लाख ८ हजार ६०० थान सवारी साधन डेलिभरी गरेको छ । यो यस अघि एकै महीनामा कायम भएको डेलिभरी रेकर्डभन्दा धेरै हो ।

अक्टोबर–डिसेम्बर त्रैमासमा कम्पनीले ३ लाख ५ हजार ८४० थान पूर्ण विद्युतीय सवारी साधन उत्पादन गरेको छ । वर्षभर भने कम्पनीले ९ लाख ३६ हजार १७२ थान सवारी डेलिभरी दिएको छ ।

 यो सन् २०२० को तुलनामा ८७ प्रतिशत धेरै हो । तेस्रो त्रैमासमा कम्पनीले २ लाख ४१ हजार ३०० थान सवारी साधनको डेलिभरी गरेको थियो ।उक्त त्रैमास यस अघि डेलिभरीको लागि कम्पनीको उत्कृष्ट त्रैमास रहेको थियो । 

यसमा महँगो खालका मोडल एक्स र एक्स भेइकलका साथै न्यून मूल्यका मोडल थ्री र वाई कारहरु समाविष्ट छन् । क्षेत्रका आधारमा भने कम्पनीले विक्री वा उत्पादन छुट्याएको छैन । कम्पनीको पछिल्लो तथ्यांक सार्वजनिक भएपछि टेस्लाको शेयरमूल्य बढेका थिए । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement