ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

सुदूरपश्चिमका किसानले कर्जाको ब्याज, विद्युत् महसुल र भन्सारमा अनुदान पाउने, यस्तो छ प्रक्रिया

२०७८ पौष, २०  
समाचार र यो पनि
Image Not Found
author avatar अभियान संवाददाता

पुस २०, काठमाडौं। सुदूरपश्चिम प्रदेशका किसानले कृषि कर्जाको ब्याज, विद्युत् महसुल र भन्सार शुल्कमा समेत अनुदान पाउने भएका छन्।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले प्रदेशका ९ ओटै जिल्लामा यो कार्यक्रम लागू गरेको छ।पछिल्लो पटक बाजुरा जिल्लाका किसानका लागि यो कार्यक्रम ल्याइएको छ।

कसरि लिने अनुदान ?
कृषकले ब्याज, विद्युत् महसुल र भन्सार शुल्कमा अनुदान लिनको लागि सम्बन्धित जिल्लाका निर्देशनालयमा सम्पर्क गर्नुपर्छ। कृषि कर्जाको लागि बैंक भने किसान आफैले खोज्नुपर्छ। 

कृषि कर्जाको ब्याजमा तिरेको रकमको ८ प्रतिशत रकम निर्देशनालयले फिर्ता गर्ने छ। बाँकी ब्याज भने किसान आफैले तिर्नुपर्ने छ। कृषि कर्जाको ब्याजदर औषतमा ९ प्रतिशत मात्रै रहेकोले किसानले १ प्रतिशत ब्याज मात्रै तिर्नुपर्ने यस कार्यक्रमका सम्पर्क व्यक्ति शिद्धराज जैसीले बताए।

कृषि कम्पनीको नाममा उठेको विद्युत् महसुल भने शतप्रतिशत निर्देशनालयले तिरिदिने उनले बताए। त्यस्तै केन्द्रबाट कृषि कार्यमा प्रयोग हुने चार पाँग्रे गाडी खरिदको लागि पनि अनुदान दिने व्यवस्था छ। फलफूल, माछामासु, दूध, तरकारी लगायतका कृषि उपज ओसारपसार गर्न चाहिने गाडी किन्दा लाग्ने भन्सार शुल्क केन्द्रले तिरीदिने पनि जैशीले बताए।

सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लामा यो कार्यक्रम लागू भइसकेकोले प्रदेशका किसानलाई यसबाट लाभ लिन जैशीले आग्रह गरे।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement