ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

राष्ट्रिय सभा निर्वाचनमा प्रचार प्रसारका लागि साढे ३ लाख रुपैयाँ खर्च गर्न पाउने

२०७८ पौष, २१  
र यो पनि
Image Not Found
author avatar अभियान संवाददाता

पुस २१, काठमाडौं। राष्ट्रिय सभा निर्वाचनका लागि एक उम्मेदवारले बढीमा ३ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ।

आगामी माघ १२ गते हुने निर्वाचनका लागि उम्मेदवारहरुले प्रचार प्रसार, सवारी साधन, भेला गोष्ठी लगायतका विभिन्न शीर्षकमा गरि ३ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउने छन्।

उम्मेदवारले सबैभन्दा धेरै खर्च गर्न पाउने शीर्षकमा गोष्ठी तथा अन्तरक्रिया रहेको छ। जसमा १ लाख रुपैयाँ खर्च गर्न पाउने छन्।

सवारी साधन खरिद वा भाडामा लिन र त्यसमा लाग्ने इन्धनको लागि ८० हजार रुपैयाँ खर्च गर्न पाउने छन्।

कार्यालय सञ्चालनका लागि ७० हजार रुपैयाँ खर्च गर्न पाउने छन् भने प्रतिनिधि परिचालनर विविध शीर्षकमा ६० हजार रुपैयाँ खर्च गर्न पाउने छन्।

विद्युतीय तथा छापा माध्याममा समेत गरेर प्रचार प्रसारमा २९ हजार रुपैयाँ खर्च गर्न पाउने छन्। १ हजार रुपैयाँ भने मतदाता नामावली खरिद गर्न खर्च छुट्ट्याइएको छ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement