ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

५४ मेवा क्षमताको सुपरदोर्दी जलविद्युत् आयोजनाको मुख्य सुरुङ 'ब्रेक थ्रु'

२०७८ पौष, २२  
समाचार विकास
Image Not Found
author avatar अभियान संवाददाता

पुस २२, काठमाडौं। लमजुङमा निर्माणाधीन ५४ मेगावाट( मेवा) को सुपरदोर्दी 'ख' जलविद्युत् आयोजनाको मुख्य सुरुङको बिहीवार 'ब्रेक थ्रु' भएको छ।

५ हजार १४४ मिटर लामो मुख्य सुरुङ खन्ने काम सकिएसँगै आयोजनाको जटिल कामको निर्माण पनि सकिएको प्रवर्द्धक कम्पनी पिपुल्स हाइड्रोपावर कम्पनीका निर्देशक अर्जुन गौतमले जानकारी दिए।

अहिले आयोजनाको पावर हाउसमा मेसिन जडानको काम  भइरहेको छ। पेनस्टक पाइप जडानको काम पनि आधाभन्दा बढी सकिएको छ। आयोजनाको बाँधको पुनर्निर्माणको काम पनि जारी रहेको गौतमले बताए।

२२७ मिटर भर्टिकल साफ्टको पेनस्टकमध्ये १६५ मिटर पाइप जडान भइसकेको छ। इन्क्लाइन्ट साफ्टमा पनि पेनस्टक पाइप राख्ने काम सफल भएको र त्यसैका आधारमा थप पाइप जडान गर्न सहज हुने गौतमको भनाइ छ।

पुसमा गएको सुख्खा पहिरोले आयोजना स्थल जाने बाटो अवरुद्ध हुँदा निर्माण सामाग्रीको ढुवानीमा समस्या रहेको आयोजनाले बताएको छ। आगामी दिनमा थप अवरोध नभएमा २०७९ असारमा  आयोजनाको निर्माण सक्ने लक्ष्य रहेको गौतमले बताए।

१० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको निर्माण कार्य ८५ प्रतिशत सकिएको छ। १५ प्रतिशत बाँकी रहेको काम पनि आन्तरिक काम मात्रै रहेकोले असारमा जसरी पनि निर्माण सक्ने आयोजनाले दावी गरेको छ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement