ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

म्याग्दीमा सुन्तला उत्पादन ४.५३% ले बढ्यो

२०७८ पौष, २२  
गण्डकी प्रदेश विविध
Image Not Found

पुस २२, म्याग्दी । म्याग्दीमा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । गत वर्षको तुलनामा ४ दशमलव ५३ प्रतिशतले सुन्तला उत्पादन बढेको हो । 

कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले गत वर्षको तुलनामा १०० मेट्रिक टन सुन्तला बढी फलेको जानकारी दिए । 

उनले भने, ‘उत्पादन भएको ८० प्रतिशत सुन्तला विक्री बजारमा पठाइएको छ ।’ गत वर्ष ३४५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदा दुई हजार ८० मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष ३५५ हेक्टरमा लगाइएको बोटबाट दुई हजार १८० मेट्रिक टन सुन्तला उत्पादन भएको पाण्डेले बताए । 

कृषकले विक्री गरेको सरदर मूल्यका आधारमा जिल्लाभर रू. १३ करोड बराबरको सुन्तला उत्पादन भएको छ । कृषकले प्रतिकिलो रू. ५० देखि रू. ८० का दरले सुन्तला विक्री गरेका छन् । 

राखु, मरेक, सुर्केमेला, बरङ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा सुन्तला अत्यधिक उत्पादन हुन्छ । 

म्याग्दीको सुन्तला पोखरा, चितवन, बुटवल, काठमाडौंलगायत ठाउँमा बिक्री हुँदैआएको छ । व्यापारीले बगैँचामै आएर सुन्तला खरीद गर्ने गरेको बेनी नगरपालिका–३ राखुका थमबहादुर पुनले बताए । 

राखुमा रू. एक करोड ५० लाख बराबरको सुन्तला विक्री भएको छ । औसा परेर झर्ने समस्या नियन्त्रणका लागि कृषकलाई तालिम प्रदान गरिएको छ । बोट सुक्ने र पाक्ने बेलामा दाना झर्ने समस्या नियन्त्रणमा कृषक र प्राविधिक जुटेका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्

   

Riddhi Siddhi Cement