ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

भारतमा थपिए ९० हजार ९२८ जना कोरोना संक्रमित, ३२५ जनाको मृत्यु 

२०७८ पौष, २२  
अन्तरराष्ट्रिय
Image Not Found

पुस २२ नयाँ दिल्ली (भारत) । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप ९० हजार ९२८ संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीवार जानकारी दिएको छ । 

यसैसँगै भारतमा कोरोना शुरु भएदेखि हालसम्म तीन करोड ४९ लाख भन्दा बढी संक्रमित भएका छन् । सोही अवधिमा थप ३२५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । 

यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ८७ हजार ६ पुगेको मन्त्रालयले थप जानकारी दिएको छ । भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या दुई लाख ८५ हजार ४१० रहेको छ । गएको २४ घण्टामा भारतमा १९ हजार २०६ जना कोरोनाबाट मुक्त भएका छन् । 

यो सँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४३ लाख ४१ हजार ९ जनालाई कोरोना संक्रमण निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९७ दशमलव ८१ प्रतिशत रहेको जानकारी दिइएको छ । भारतमा कोरोना शुरु भएदेखि हालसम्म ६८ करोड ५३ लाखभन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । 

यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ४८ करोड ६७ लाखभन्दा बढी डोज खोप लगाइएको जानकारी दिइएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाको घातक भनिएको ओमिक्रोन भेरियन्टबाट एक जनाको ज्यान गएको जानकारी दिएको छ । भारतको राजस्थानमा एकजनाको यो भेरियन्टबाट मृत्यु भएको प्रमाणित भएको सो मन्त्रालयले बुधवार जानकारी दिएको छ । ती व्यक्ति मधुमेहका दीर्घरोगी रहेका र उनी ओमिक्रोनको उपचारका क्रममा रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । 

यो नै भारतमा ओमिक्रोनबाट भएको पहिलो मृत्यु हो । भारतमा अहिलेसम्म २ हजार १३५ जना संक्रमित भएको बताइएको छ । रासस/एएनआई

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्