ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

एनएमबि बैंकले पारित गर्‍यो प्रस्तावित १५.८% लाभांश 

२०७८ पौष, २२  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २२, काठमाडौं । एनएमबि बैंकको प्रस्तावित १५ दशमलव ८ प्रतिशत लाभांश पारित भएको छ । बैंकले त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा बिहीवार सभा सम्पन्न गरी १२ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

बैंकले आर्थिक वर्ष ०७७/७८ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १६ अर्ब ३२ करोड ५९ लाख ६० हजारको आधारमा उक्त लाभांश वितरण गर्न लागेको हो । साधारण सभा प्रयोजनका लागि बैंकले पुस ७ गते एक दिन बुक क्लोज गरेको थियो । 

यस आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीहरुले मात्र बैंकको लाभांश प्राप्त गर्न सक्नेछन् । नगद लाभांश सम्बन्धित शेयरधनीहरुको बैंक खातामै केहि दिनभित्रै जम्मा गर्ने जानकारी दिएको बैंकले बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकृत भएपश्चात मात्र सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्ने बताएको छ ।

कुनै वर्ष ३५ प्रतिशतसम्म लाभांश वितरण गरेको यस बैंकले यस वर्ष भने अघिल्ला पाँच आर्थिक वर्षपछिकै कम लाभांश दिएको हो । आर्थिक वर्ष ०७५÷७६ को मनुाफाबाट बैंकले हालसम्मकै सर्वाधिक ३५ प्रतिशत लाभांश दिएको थियो । सो वर्ष बैंकले २१ प्रतिशत बोनस शेयर र कर समेत १४ प्रतिशत नगद लाभांश वितरण गरेको  हो । 

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकले रू. १ अर्ब ४ करोड ४४ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष बैंकको खुद नाफा ४२ दशमलव ४९ प्रतिशत बढी भएको हो । गत वर्ष यो अवधिसम्म बैंकको खुद नाफा रू. ७३ करोड २९ लाखभन्दा बढी थियो । पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा रू. ४५ करोड ८४ लाख ५२ हजार रहेको छ ।

वितरणयोग्य नाफामा भने यो वर्ष कमि आएको हो । गत वर्ष यस अवधिसम्म बैंकको वितरणयोग्य नाफा रू. ५१ करोड ९१ लाखभन्दा बढी थियो । रिटेन्ड अर्निग सहित बैंकको जगेडा कोषमा रू. ८ अर्ब ६५ करोड ८३ लाखभन्दा बढी रकम कायम रहेको छ । प्रतिशेयर आम्दानी रू. २५ दशमलव ५९ रहेको बैंकको प्रतिशेयर नेटवर्थ रू. १५३ दशमलव शून्य ३ छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्