ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

ग्यासलाई विद्युतीय चुलोले विस्थापन गर्ने नीति लागू हुन्छ : ऊर्जामन्त्री भुसाल

हालसम्म ११० मेगावाट बराबरको सौर्य आयोजनासँग पीपीए 

२०७८ पौष, २२  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

पुस २२, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले ग्यासलाई विद्युतीय चुलोले विस्थापन गर्ने नीति लागू गर्दै जाने बताएकी छन् ।

नेपाल सौर्य विद्युत् उत्पादक संघको वार्षिक साधारण सभामा बिहीवार बोल्दै मन्त्री भुसालले सरकारले विद्युत् खपत गर्ने ठूला उद्योग स्थापनाका लागि प्रोत्साहन गर्ने र विद्युतीय सवारी साधनको प्रवर्द्धन गर्ने नीति अगाडि बढाएको बताइन् ।


उनले प्रविधिका कारण तुलनात्मकरूपमा सौर्य ऊर्जा उत्पादन गर्दा लागत  भएको र छोटो समयमा उत्पादन गर्न पनि सकिने भएकाले ऊर्जा संकट समाधानका लागि सौर्य विद्युत् सहयोगी सिद्द हुने बताइन् ।

परम्परागत ऊर्जा प्रयोगकै कारण जलवायु परिवर्तन हुँदा विश्व आक्रान्त भइरहेको उल्लेख गर्दै मन्त्री भुसालले परम्परागत ऊर्जालाई विस्थापित गर्नुपर्ने अवश्यकता रहेको औंल्याइन् ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय विश्व सम्मेलन(कोप–२६) मा नेपालले गरेको प्रतिवद्धता पूरा गर्नका लागि पनि नवीकरणीय ऊर्जा प्रवर्द्धन गर्न आवश्यक रहेको उनको भनाइ थियो । उनले कुल उर्जामा १० प्रतिशत वैकल्पिक ऊर्जा सामेल गर्ने लक्ष्य लिइएको बताइन् । हाल ऊर्जा प्रणालीमा करीब २ हजार १०० मेगावाट विद्युत जडित क्षमता छ ।

उनका अनुसार हाल ११० मेगावाट बराबरका सौर्य आयोजनाले विद्युत् खरीदविक्री सम्झौता(पीपीए) गरेका छन् । तीमध्ये करीब ४० मेगावाट सञ्चालमा आइसकेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्