ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

हराएका २६ ओटा मोटरसाइकल ट्राफिक प्रहरीद्वारा सम्बन्धित व्यक्तिलाई हस्तान्तरण

२०७८ पौष, २२  
समाचार यातायात
Image Not Found
author avatar अभियान संवाददाता

पुस २२, काठमाडौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थान र मितिमा हराएका २६ ओटा मोटरसाइकल तथा स्कुटरहरु फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । 

महाशाखामा आयोजित हस्तान्तरण कार्यक्रममा १७ ओटा मोटरसाइकल र ९ ओटा स्कुटर सम्बन्धित धनीहरुलाई जिम्मा लगाएको हो । 

महाशाखाले उपत्यका र आसपासका पशुपती क्षेत्र, बौद्ध, नरेफाँट, ठीमी, सुर्यविनायक, बसुन्धारा, बानेश्वर, चावहिल, ठमेल, किर्तिपुर, सातदोबाटो, कंलकी, बसपार्क लगायतका स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी बिहीवार सम्बन्धित धनीलाई यस महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जिम्मा लगाएका हुन् ।

महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले विशेष सूचना संकलन तथा सुराकी मार्फत ती मोटरसाईकल वरामद गरेको प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए । 

सुरक्षित स्थानमा र सुरक्षित तरिकाले मात्र मोटरसाइकलहरु राख्न र अतिरिक्त लक र अलर्ट सिस्टमको प्रयोग गर्न महाशाखाले सवारी प्रयोगकर्तालाई अनुरोध गरेको छ ।

यस आर्थिक वर्ष ०७८/७९ मा हराएका २२३ ओटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको छ भने मोटरसाईकल चोरीमा संलग्न ३२ जनालाई चोरीका मोटरसाईकल सहित सम्बन्धित प्रहरी बृत्तहरुमा कारबाहीको लागि पठाएको समेत महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्