ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

४३.२९ अंक बढेर २६९२.४७ विन्दुमा नेप्से, ३ ओटा कम्पनीको शेयरमूल्यमा सर्किट

२०७८ पौष, २२  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

पुस २२, काठमाडौं । साताको  अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ४३ दशमलव २९ अंकले बढेको छ । 

यो दिन नेप्से परिसूचक  २ हजार ६९२ दशमलव ४७ विन्दुमा पुगेको हो । यो दिन कारोबारमा आएका २३८ ओटा धितोपत्रको ७३ लाख ३६ हजार ३३४ कित्ता  शेयर ४८ हजार १६१ पटकमा रू. ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३४९ मा खरीद वक्री भएको छ ।

कारोबारमा आएका ती धितोपत्रहरु मध्ये तीन ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल फाइनान्स र तेह्रथुम पावर कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । 

यो दिन नेपाल फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. ५७५ दशलमव ३०, तेह्रथुम पावरको रू. ४९३ दशमलव ९० र मध्य भोटेकोशी जलविद्युत् कम्पनीको रू.२३५ दशमलव ६० पुगेको छ ।

यो दिन बिहीवार एनबिबिएल डिबेञ्चर २०८५ को मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३ दशमलव ५३ प्रतिशत घटेको छ । डिबेञ्चरको मूल्य प्रतिकित्ता रू. १ हजार ४० कायम भएको छ ।

त्यसैगरी बिशाल बजार कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज २ दशमलव १५ प्रतिशत घटेर प्रतिकित्ता रू. ५ हजार ९० मा झरेको छ । यो दिन सर्वाधिक शेयर खरीदविक्री अपि पावर कम्पनीको भएको छ । उक्त कम्पनीको रू. १६ करोड ३७ लाख ६ हजार बरावरको शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.४९१ कायम भएको छ ।

त्यसैगरी दोस्रोमा एनआईसी एशिया बैंकको रू.१४ करोड ५२ लाख १९ हजार बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ ओटा समूहमध्ये व्यापार समूहको परिसूचक शून्य दशमलव ६८ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशलमव शून्य ८ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसुचक बढेसँगै समग्र नेप्से परिसूचक बढेको छ । 

समूहगत परिसूचक बढ्नेमा सबैभन्दा बढी अर्थात् होटल एण्ड टुरजिम समूहको परिसूचक ३ दशमलव ४८ प्रतिशतले वृद्धि भएको छ । 

त्यसैगरी बैकिङ समूहको परिसुचक १ दशमलव ९५ प्रतिशत, विकास बैंक समूहको १ दशमलव ९३ प्रतिशत,हाइड्रोपावर समूहको २ दशमलव ४८ प्रतिशत,वित्त समूहको १ दशमलव २४ प्रतिशत,निर्जीवन बीमा समूहको २ दशमलव शून्य ५ प्रतिशत,अन्य समूहको १ दशमलव शून्य ३ प्रतिशतले वृद्धि भएको छ । 

यसैगरी लघुवित्त समूहको १ दशमलव शून्य ३ प्रतिशत,जीबन बीमा समूहको शून्य दशमलव ७८ प्रतिशत,म्युचुअल फण्डको शून्य दशमलव ६४ प्रतिशत र लगानी समूहको परिसूचक १ दशमलव ९६ प्रतिशतका दरले वृद्धि भएको हो ।

बुधवार समान्य करेक्सन भएको बजार बिहीवार भने वृद्धि भएको छ । माघ महीना लागेसँगै सूचीकृत कम्पनीहरुले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नेछन् । यसले गर्दा पनि बजारलाई थप बढ्न टेवा मिल्ने देखिएको छ । 

पुस मसान्त आउनै लाग्दा बजार तल झर्ने हो कि भन्ने धेरैको अनुमान विपरीत बजारले योदिनबाट सकारात्मक माहोल बनाएको जस्तो देखिएको छ । तथा अर्थ मन्त्रालय तथा केन्द्रीय बैंकले पछिल्ला दिनहरुमा नीतिगत सुधार गरेका कारण पनि लगानीकर्ताहरुको आत्मबलमा सुधार हुँदै गएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement