ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको नेपाल फाइनान्सको शेयरमूल्यमा सर्किट

२०७८ पौष, २२  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

पुस २२, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार नेपाल फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशतले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.५७५ दशलमव ३० पुगेको छ । हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेका कारण पनि कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढेको हो । 
कम्पनीले १ : ०.७० अनुपातमा रू.१०० अंकित दरको ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरिरहेको छ । उक्त हकप्रद शेयर निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । 

शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आवश्यक प्रक्रिया पुरा गरी धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ४९ करोड ३४ लाख ९६ हजार रहेको छ ।

उक्त हकप्रद शेयर निष्कासन बाँडफाँट पछि पूँजी रू.८३ करोड ८९ लाख ४३ हजार पुग्नेछ । बिहीवार कम्पनीको ४७ हजार ४८४ कित्ता शेयर खरीदविक्री भएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्