ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

एनएमबि बैंकको साधारणसभा सम्पन्न

२०७८ पौष, २३  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । एनएमबि बैंकको २६ औं वार्षिक साधारणसभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभामा बैंक सञ्चालक समिति अध्यक्ष, सञ्चालक र शेयरधनीको उपस्थिति थियो । बैंक सञ्चालक समिति अध्यक्ष पवनकुमार गोल्यानको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो ।साधारणसभाले आव ०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश कर प्रयोजनसमेतका लागि वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभाद्वारा स्वीकृत बोनस शेयरपछि बैंकको चुक्ता पुँजी  १८ अर्ब ३६ करोड पुगेको छ । बैंकको ०७८ असारसम्म खुद नाफा २ अर्ब ७१ करोड, निक्षेप १६६ अर्ब र कर्जा १५८ अर्ब रहेको छ । बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ गरी चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्