ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि

२०७८ पौष, २३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

पुस २३, काठमाडौं । नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । 

देशभरबाट संकलित नमूनाहरूको सिक्वेन्सिङ गर्दा थप २४ जनामा ओमिक्रोन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पुस महीनामा संकलित कोरोना भाइरसका १ हजार १४६ पोजेटिभ नमूनाको स्क्रिनिङ गर्दा २५० ओटामा एस जिन नेगेटिभ आएको थियो । एस जिन नेगेटिभ गरिएकामध्ये २४ ओटामा जिन सिक्वेन्सिङ गरिएको र ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

मन्त्रालयले ओमिक्रोन भेरियन्टले ल्याउन सक्ने जोखिमलाई मध्यनजर गर्दै सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको जानकारी दिएको छ । साथै, सीमामा परीक्षणलाई थप सशक्त बनाइएको र पोजेटिभ भएकाहरूलाई आइसोलेशनमा राख्ने व्यवस्था गरिएको बताइएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्