ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

चिलिमे जलविद्युतको २५औं साधारण सभा सम्पन्न, १५% लाभांश पारित

२०७८ पौष, २३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २३, काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय कपनमार्ग, महारगञ्ज काठमाडौंमा सम्पन्न भएको हो । 

सभाले कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश कर सहित गरेर कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । 

साथै, सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको हो । 

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १५ गते देखि २३ गतेसम्म बुक क्लोज गरेको थियो । यस आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्