ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

महालक्ष्मी विकास बैंकको साधारण सभा आइतवार, २१.०५% लाभांश प्रस्ताव पारित हुने

२०७८ पौष, २३  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

पुस २३, काठमाडौं । महालक्ष्मी विकास बैंकको २०औं वार्षिक साधारण सभा आइतवार (पुस २५ गते) हुने भएको छ । 

सभा आर्मी अपिसर्स क्लब भद्रकाली टुडिखेलमा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको हो । सभाले कुल २१ दशमलव ०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

२० प्रतिशत बोनस शेयर र १ दशमलव ०५२६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल २१ दशमलव ०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

साथै, सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १३ गते (एक दिन) बुक क्लोज गरिसकेको छ । यस आधारमा पुस १२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्