ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Apache RTR 200 ABS

२६ लाख बैंकिङ कसूरका फरार अभियुक्त पक्राउ      

२०७८ पौष, २३  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

पुस २३,  काठमाडौं । प्रहरीले अदालतबाट जरिवाना भएपछि फरार रहेका एक जना अभियुक्तलाई शुक्रवार पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले २६ लाख रुपैयाँ जरिवाना गरेपछि फरार रहेका काठमाडौं घर भएका ४१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठलाई बानेश्वरबाट पक्राउ गरेको हो ।     
     
ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार उच्च अदालतको विसं २०७८ असोज १० गतेको फैसलापछि पाँच दिन कैद र बिगोबमोजिम २६ लाख रुपैयाँ जरिवाना ठहर गरेपछि अभियुक्त फरार भएका  थिए । पक्राउ परेका अभियुक्त श्रेष्ठले आफ्नो सिभिल बैंक लिमिटेड भक्तपुर शाखाको खातामा पर्याप्त मौज्दात नहुँदा नहुदै पनि झुक्यानमा पारेर चेक दिइ बैंकिङ कसूरजन्य अपराध गरेका थिए ।

उच्च अदालतले श्रेष्ठलाई बैकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका अभियुक्तलाई फैसला कार्यान्वयनका लागि शुक्रवार नै अदालतमा पेश गरिएको  छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्